नवलपुर
गैँडाकोट नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति
०

नवलपुर,बैशाख १२-
नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिकामा नेकपा एमाले र राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) विच चुनावी तालमेल गर्ने सहमती भएको छ । आइतबार दिनभर भएको छलफलपछि दुइदलविच चुनावी तालमेल गर्ने सहमती भएको हो ।
गैँडाकोटको मेयरमा एमाले उमेदवार छत्रराज पौडेललाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उमेदवार तुलाराम पौडेललाइ एमालेले सहयोग गर्ने सहमति भएको एमाले जिल्ला कमिटी सदस्य गिरीराज उपाध्यायले जानकारी दिनुभयो । सहमती अनुसार राप्रपाले गैँडाकोट नगरपालिकाको वडा नं.७ र १६ को वडाअध्यक्ष पाउने छ भने विभिन्न वडामा गरेर १५ जना सदस्यहरु पाउने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























