नवलपुर
थारु पत्रकार संघ नेपालको अध्यक्षमा प्रदीप लेखी

नवलपुर, चैत २६–
थारु पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्म निर्वाचित भएका छन् । नवलपुरको अमलटाँरीमा आज (शनिबार) सम्पन्न पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो ।
लेखी काठमाडौँमा रहेर कान्तिपुर टेलिभिजनमा पत्रकारिता गर्दै आइरहेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी (चितवन), बागमती तर्फको उपाध्यक्षमा किशोर चौधरी, उपत्यका उपाध्यक्षमा सहदेव चौधरी, प्रदेश १ उपाध्यक्षमा कुलदिप चौधरी, लुम्बिनी उपाध्यक्षमा शम्भु चौधरी, मधेश उपाध्यक्षमा प्रतिमा चौधरी चयन भएकी छन् ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश उपाध्यक्ष पछि मनोनित गरिनेछ । यस्तै महासचिवमा लक्ष्मी चौधरी, उपमहासचिवमा चितवनका विजय चौधरी, सचिवमा दिप्तीशिखा चौधरी, लिलानाथ गच्छदार, कोषाध्यक्षमा चितवनका कारी महतो चयन भएका छन् । यस्तै सदस्यहरुमा सबी चौधरी, धिरेन्द्र चौधरी, मनोज चौधरी (चितवन), सुमित्रा चौधरी (चौधरी), दिनेश कुमार चौधरी, राम चौधरी, जनक चौधरी र नविन चौधरी चयन भएका छन् ।

























