देश/प्रदेश

उपत्यकाका सार्वजनिक यातायातमा शुक्रबार राति देखि हट्यो जोर-बिजोर प्रणाली

Banner

काठमाडौँ, माघ १५-

काठमाडौं उपत्यकाका सार्वजनिक यातायातमा शुक्रबार राति १२ बजेदेखि जोर-बिजोर प्रणालीलाई हटेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी र ट्याक्सीमा बाहेर सार्वनिक सवारी साधनमा जोर-बिजोर प्रणाली हटाइएको हो । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।

उनले भने,‘अहिले संक्रमणको दर घटिरहेको अवस्थामा रहेकोले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय हामीले गरेका हौं।’

उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बसेको बैठकले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको थियो ।

त्यस्तै संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>