कृषि

उदयपुरगढीले गाउँगाउँमा माटो परीक्षण, खुसी भए आलु किसान

Banner

उदयपुर, माघ १३-

उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूप अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ । शिविरमा आलु खेतीका लागि किासनले खेतबारीको माटोको परीक्षण गर्न पाएका हुन् ।

गाउँपालिकाले प्रदेश १ को माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक सहयोगमा माटो परीक्षण शिविर सम्पन्न गरिसकेको छ ।

उदयपुरगढी गाउँपालिका(४ ढुग्रेका ६४ किसानको माटो परीक्षण गरिएको हो । परीक्षणबाट त्यस क्षेत्रमा आलु खेतीका लागि उपयुक्त रहेको पाइएपछि किसान खुसी भएका छन् ।

चिसो मौसम, मलिलो माटो भएको त्यस क्षेत्रमा आलु खेती गर्न सकिने भएकाले ढुग्रेका कृषक समूहको माग अनुसार पालिका कृषि विकास शाखाले गाउँमै प्रयोगशाला ल्याएको कृषक समूहका अध्यक्ष अर्जुन आले मगरले बताए । मगर भन्छन्, ‘अधिकांश स्थानको माटो आलु रोप्न लागि माटोको गुणस्तर ठिक रहेको केही स्थानमा चुन हाल्न सुझाव आएकाले कृषि प्राविधिकको सुझाव अनुसार काम गर्नेछौँ । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>