देश/प्रदेश

प्रशासनको आदेश उल्लंघन गर्दै भौतिक कक्षा सञ्चालन गर्ने दुई प्रिन्सिपल प्रहरी नियन्त्रणमा

Banner

कपिलवस्तु, माघ १२

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आदेश उल्लंघन गर्दै भौतिक कक्षा सञ्चालन गर्ने निजी विद्यालयका प्राचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार जिल्लाको कृष्णनगर नगरपालिकाका सेन्ट ज्युड्स अङ्ग्रेजी बोर्डिङ स्कुल र ब्राइट वे अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रण लिएको हो ।

दुवै विद्यालयले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमा राखेर पठनपाठन गराइएको अवस्थामा नियन्त्रणमा लिइएको थियो । प्रहरीमा स्थानीयले सूचना दिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

बिहान ११ बजे नियन्त्रणमा लिएर भौतिक कक्षा बन्द गर्ने सर्तमा छाडिएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले माघ ४ गते आदेश जारी गर्दै जिल्ला भरीका विद्यालयमा भौतिक पठन पाठन बन्द गरेको छ ।

प्रशासनले कृषि हाटबजार बन्द गर्ने आदेश दिए पनि जिल्ला भरी खुला रूपले हाटबजार सञ्चालन भएको छ । हाटबजार आउने मानिसहरू स्वास्थ्य मापदण्डको ख्याल नगर्दा कोरोना संक्रमण अझै फैलिन सक्ने सम्भावना देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>