देश/प्रदेश
कोरोना न्यूनीकरणका लागि जन चेतनासहित मास्क वितरण
०
सप्तरी, १२ माघ
इलाका प्रहरी कार्यालय विष्णुपुर सप्तरीले बुधबार २ सय ५० वटा मास्क वितरण गरेको छ ।
विष्णुपुर गाउँपालिका-७ स्थित विष्णुपुर चौकमा बढ्दो कोरोना भाइरस न्यूनीकरणका लागि मास्क नलगाएका स्थानीय सर्वसाधारणलाई मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
उक्त वडाका वडा अध्यक्ष, स्थानीय सर्वसाधारणको उपस्थितिमा मास्कको महत्त्वको विषयमा जनचेतना फैलाउँदै मास्क वितरण गरेको काफ्लेको भनाई छ ।
यशअघि पनि जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका इलाका प्रहरी कार्यालयले जिल्लाको विभिन्न ठाउँमा सर्वसाधारणलाई मास्कको महत्त्वको विषयमा जनचेतना सहित मास्क वितरण गर्दै आएका छन् । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























