देश/प्रदेश

उग्र बन्दै सीके राउतका कार्यकर्ताः डाक्टरको टाउको फुटाए, सांसदको हात भाँचिदिए

Banner

जनकपुरधाम,माघ १२-

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहमाथि आक्रमण गरेका छन्।

जनकपुरको पिडारी चोकमा जनमत पार्टीका कार्यकर्ताहरुले बर्दिबास गइरहेका डाक्टर साह सवार गाडीमा तोडफोड गर्नुका साथै अन्धाधुन्ध भाटा प्रहार गरेपछि साह घाइते भएका छन्। उनकको टाउको फुटेको प्रहरीले जनाएको छ। उनको अनुहारमा गहिरो चोट लागेर आठ वटा टाँका लगाइएको साहका आफन्तले बताए।

पार्टी कार्यकर्ताहरुले प्रदेस सभा सदस्य अशोक यादवको गाडी तोडफोड गरी उनको हात नै भाँचिदिएको यादवले जनाएका छन्। उग्ररुपमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुले दश वटा सरकारी गाडीमा तोडफोड गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>