कर्णाली

राष्ट्रिय सभाको निर्वाचन : कर्णालीमा ९८.९५ प्रतिशत मत खस्यो

Banner

सुर्खेत, माघ १२-

कर्णाली प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा ९८।९५ प्रतिशत मत खसेको छ । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट ९८।९५ प्रतिशत मत खसेको हो ।

कर्णालीमा रहेका एक सय ९१ मतदातामध्ये एक सय ८९ जनाले मतदान गरेका छन् भने दुई जना अनुस्थित भएका छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य एक जना र एक जना पालिकाका उपप्रमुख मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले बताइन् । ‘स्थानीय तहअन्तर्गत ९९।३५ प्रतिशत मत खसेको छ,’ उनले भनिन्, ‘प्रदेशसभा अन्तर्गत ९७।१४ प्रतिशत मत खसेको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्य सोशिला शाहीले मतदान गरिनन् भने कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दुई वर्षदेखि अमेरिका रहेका कारणले अनुस्थित रहेकी थिइन् । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>