गण्डकी

 लुम्बिनी प्रदेशमा जनसंख्या वृद्धिदर धेरै, गण्डकीमा कम

Banner

काठमाडौँ, माघ १२-

नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

विभागको तथ्यांकअनुसार सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको छ । यहाँ पछिल्लो १० वर्षको जनसंख्या वृद्धिदर केवल ०.३१ प्रतिशत मात्र हो । जसमा गण्डकी प्रदेशको जनसंख्या हाल २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ ।

त्यस्तै सबैभन्दा बढी भने लुम्बिनी प्रदेशको वृद्धिदर देखिएको छ । यहाँ पछिल्लो १० वर्षको जनसंख्या वृद्धिदर केवल १.३० प्रतिशत मात्र हो । जसमा लुम्बिनी प्रदेशको जनसंख्या ५१ लाख २४ हजार २ सय २५ रहेको छ ।

अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । त्यस्तै नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको छ र यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>