देश/प्रदेश
निर्वाचनमा सहभागी हुन जाँदा गाडी दुर्घटना, प्रदेशसभा सदस्य घाइते
०

दाङ, माघ १२-
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेश सभाका एकजना सदस्य घाइते भएका छन् ।
लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किएको हो ।
उक्त ठक्करबाट चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























