देश/प्रदेश

कुखुराको दाना बोकेको ट्रकमा आगजनी

Banner

सुधा देवर,
सप्तरी,  माघ १२-

पश्चिम राजमार्गअन्तर्गत सप्तरीमा मंगलबार राति पहिचान हुन नसकेको समूहले एउटा ट्रकमा आगजनी गरेको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्बरको ट्रकमा अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आगजनी भएको हो ।

कुखुराको दाना बोकेर गइरहेको ट्रकमा राति करिब ११ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिए । उनले भने, झकिन र कसले ट्रकमा आगजनी गरेको हो अनुसन्धान भइरहेको छ  । चालक पनि सम्पर्कमा नआएको यादवको भनाई रहेको छ।

आगजनीबाट ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसअघि पुस १६ गते पनि सोही गाउँपालिका–५ महुली पुलमा एक ट्रक जलाइएको थियो । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>