देश/प्रदेश
एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले गठन गर्यो छानविन समिति
०

काठमाडौ, माघ ९ –
पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले छानविन समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए ।
छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । विश्वकर्माको मृत्युबारे पत्रकार महासंघले पनि छानविन गरिरहेको अधिकारीले जानकारी दिए ।
पत्रकार विश्वकर्माको मृत्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ । पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिलसहित पत्रकारसँग आबद्ध विभिन्न संघ संस्थाले सो घटनाको छानविनका लागि माग गर्दै आएका थिए । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























