अपराध
सर्लाहीबाट पाँच किलो गाँजा सहित श्रीमान् श्रीमती पक्राउ
०

सर्लाही,माघ ९
सर्लाहीको हरिवन नगरपापालिका ८ पुरानो बजारबाट लागुऔषध गाँजासहित श्रीमान् श्रीमती पक्राउ परेका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीका अनुसार उनीहरु सवार बा६८प ४९७२ नम्बरको मोटरसाइकलबाट पाँच किलो गाँजा बरामद गरिएको हो ।
प्रकाउ पर्नेमा बागमती नगरपालिका-१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनको ३० वर्षीय पत्नी ऋचा अधिकारी रहेका छन् ।
त्यस्तै दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























