नवलपुर
माक्स खोई भन्दै नवलपुरका सिडियो आफै निस्किए अनुगमनमा

नवलपुर,माघ ९-
नवलपुरमा कोरोना संक्रमितको संख्या बढेपछि कडाई गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे आफै सडकमा अनुगमनमा निस्किएका छन् । घिमिरे नवलपुरका स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्न निस्किएका हुन् ।
नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन सहित सरकारी अधिकारीहरु सहित निस्किएका प्रजिअ घिमिरे सहितको टोलिलेकावासोतीको फलफुल चोक लगाएतको स्थानमा बिना माक्स हिडेका सर्वसाधारणलाई माक्स दिदै माक्स लगाएर हिड्न आग्रह गरेका थिए ।
प्रजिअ सहित निस्किएको टोलीले फलफूलचोकस्थित बस बिसौनीमा यात्रुबाहक बसहरुमा अनुगमन गरेको थियो भने यात्रुहरुलाई मास्क लगाउन प्रेरित गर्दौ खोप लगाएको–नलगाएको, खोप कार्ड भए नभएको, खोप नलिएकाहरुको गुनासा र समस्या समेत सुनेको थियो।
अनुगमनका क्रममा खोप केन्द्रको संख्या कम भएर भिडभाड भएकोले खोप लगाउन जादा संक्रमण हुने डर भएको हुँदा खोप केन्द्रको संख्या बढाउनु पर्ने गुनासो सर्वसाधारणबाट सुनेका घिमिरेले स्वास्थ्य कार्यालय र पालिकासँगको समन्वयमा आवश्यकता खोपकेन्द्र थपेर खोप सहज बनाउन पहल गर्ने बताए । जिल्लामा शनिबार सम्म ५ सय ५९ सक्रिय कोरोना संक्रमित पुगेका छ्न ।
























