देश/प्रदेश

कांग्रेस महामन्त्री शर्माद्वारा मन्त्री यादवलाई बर्खास्त गर्न माग

Banner

काठमाडौं, माघ ३-

गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पदमुक्त गर्न आग्रह गरेका छन् ।

कांग्रेस महामन्त्री शर्माले मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

मन्त्री यादवले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएपछि कांग्रेस महामन्त्री शर्मा मन्त्रीले मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>