देश/प्रदेश
सिन्धुपाल्चोकमा गाडी दुर्घटना, चार जना घाइते
०
सिन्धुपालचोक, माघ ८ –
सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ ।
गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियो । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























