नवलपुर

नवलपुर क्रिकेट संघको अध्यक्षमा सापकोटा चयन

Banner

नवलपुर, माघ ७–

नवलपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा धामनाथ सापकोटा चयन भएका छन् ।

आज (शुक्रबार) भएको जिल्ला अधिवेशनबाट सापकोटा निर्विरोध अध्यक्षमा चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा इन्द्र सिग्देल, सचिवमा विवेक न्यौपाने, कोषाध्यक्षमा सागर कुमार गैरे चयन भएको नेपाल क्रिकेट संघका निर्वाचन प्रतिनिधि सुदिप पियाले जानकारी दिए ।

यस्तै सदस्यहरुमा बाबुराम घिमिरे, लिलाराम कंडेल शर्मा, ओमकार कंडेल, सुमन पण्डित र रमेश तिवारी सर्वसम्मत चयन भएको पियाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>