देश/प्रदेश

मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

Banner

कर्णाली,माघ ७-

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।

परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिनुभयो । यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे । स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>