देश/प्रदेश

संक्रमित सँगै राखेर परीक्षा दिन लगाएको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीद्वारा लाठीचार्ज केही विद्यार्थी घाइते

Banner

काठमाडौँ, माघ ५-

कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।

बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै घम्साघम्सी भएको हो ।

त्यस्तै प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्दा केही विद्यार्थी घाइते भएका छन् र केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ । अहिलेसम्म परीक्षा सुरु भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>