अपराध

लुटेराको आक्रमणबाट प्रहरी निरीक्षक घाइते, ५ जना प्रकाउ

Banner

जनकपुरधाम, माघ ५-

धनुषाको गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण हुँदा एक जना प्रहरी निरीक्षक घाइते भएका छन् ।

महोत्तरीको भंगहा नगरपालिका ७ को एक घरमा गएराति लुटपाट भइरहेको सूचना पाएपछि खटिएको टोलीमाथि लुटेराहरुले आक्रमण गरेको हो ।

आक्रमणमा परी बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल घाइते भएको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले बताए ।

त्यस्तै लुटेराहरु ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख रजौरेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>