प्रदेश २

अज्ञात समूहद्वारा ट्रकमा आगजनी

Banner

सप्तरी,पुस १६-

अज्ञात समूहद्वारा पूर्वपश्चिम राजमार्गअन्र्तगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा आज एउटा ट्रकमा आगजनी गरिएको छ । गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नंको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा लगाइएको आगो निभाउन वारुणयन्त्र खटाइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अज्ञात व्यक्तिद्वारा ट्रकमा आगजनी गरेको भन्दै उक्त व्यक्तिको खोजी भइरहेको जानकारी दिनुभयो ।

यसैबीच डा सिके राउत नेतृत्वको जनमत पार्टीले सात बुँदे माग राखी पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलङ्घन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले आगो लगाएको जनाइएको छ । शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलनकर्मीको भनाइ छ । यस्तै भारदहमा एक ट्रिपर तोडफोड गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>