राजनीति

एमालेको कतै पनि चुनाव लड्ने ठाउँ छैनः मेटमणि चौैधरी

Banner

रुकुम,मसिर २५-

नेकपा (एकीकृत समाजवादी)का लुम्बिनी प्रदेश पार्टी अध्यक्ष मेटमणि चौधरीले नेकपा एमालेको अब कतै पनि चुनाव लड्ने ठाउँ नरहेको बताउनुभएको छ । आज रुकुमकोटमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “चुनाव लड्नका लागि पार्टीको एजेण्डा, विचार जीवित हुनुपर्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यात्रा भनेको पार्टी नीति, सिद्धान्त र एजेण्डाविहीन अवैधानिक हो ।”

ओली प्रधानमन्त्री हुँदा पनि पटक–पटक असंवैधानिक कदम चालेकाले अब एमालेको कतै पनि चुनाव लड्ने ठाउँ नरहेको उहाँको भनाइ थियो । ओलीले असंवैधानिक कदम चाल्नुका साथसाथै आसेपासेको पालनपोषणमा मात्र लागि परेकाले आफूहरु एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीमा रहेर ओलीलाई सुध्रिन पटकपटक सल्लाह, सुझाव र अवसर पनि दियाँै, पार्टीभित्रको विद्रोहले ओली परिवर्तन नभएपछि बाध्य भएर हामी विद्रोहबाट नयाँ पार्टी निर्माण गरी राष्ट्रलाई सही दिशामा हिँडाउन अगाडि बढ्यौँ, अहिले हामी त्यो यात्रामा छौँ ।” अब एमाले चुनावका लागि जनताको माझमा जाने वातावरण नभएको भन्दै उहाँले केपी ओलीले देखाएको व्यवहार जनताले छर्लङ्गै बुझिसकेको बताउनुभयो ।

अब सबै कम्युनिष्ट पार्टी एकताबद्ध भएर जान लागेको पनि उहाँको भनाइ थियो । एमाले पार्टी सुक्दै जाने र अन्य कम्युनिष्ट पार्टीसँग एकता गरेर देशमा सबैभन्दा ठूलो पार्टी निर्माण गर्ने सङ्कल्पका साथ एकीकृत समाजवादी अगाडि बढिसकेको उहाँले बताउनुभएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>