राजनीति

प्रकाशमान सिंहको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्ने

Banner

काठमाडौं,मंसिर २५-

नेपाली कांग्रेसका नेता एवं सभापतिका दाबेदार प्रकाशमान सिंहले आफ्नो प्यानलबाट सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाउने भएको छ। सिंहले आज पत्रकार सम्मेलन गरेर उक्त घोषणा गर्ने तयारी गरेका छन्।

संस्थापन इतरपक्षबाट सभापतिमा एकल उम्मेदवार बनाएर जाने भनिए पनि सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइरालाबीच कुरा नमिल्दा सम्भव हुन सकेको छैन। पछिल्लो समय सिंहले आफू एक्लै उम्मेदवार दिने भन्दै संस्थापन इतरको बैठकमा सहभागी भएका थिएनन्।

कांग्रेस महाधिवेशनअन्तर्गत आज १० बजेबाट उम्मेदवारी दर्ता हुँदै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>