राजनीति

सबै सभापतिमा चुनाव लड्ने भए म पार्टीबाटै अलग हुन्छुः रामचन्द्र पौडेल

Banner

काठमाडौं,मंसिर २२-

नेपाली काँग्रेसको साझा उम्मेदवार तय गर्न बुधबार बसेको संस्थापन इतर पक्षको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित मुद्रामा प्रस्तुत भए । नेताहरु यसैगरी आपसमा नमिल्ने हो भने राजनीतिबाटै सन्यास लिनेसम्मको अभिव्यक्ति नेता पौडेलले बैठकमा व्यक्त गरे ।

संस्थापन इत्तर पक्षका नेताहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि आक्रोशित हुँदै पौडेलले बैठकमा भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्यास लिन दिनोस् ।’उनले अघि भने, ‘सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु, घरमै आराम गर्छु ।

बरिष्ठ नेता पौडेलको यो आक्रोशबारे बैठकपछि बाहिर निस्केका अर्का नेता डा. रामशरण महतले भने, ‘रामचन्द्रजी आक्रोशित रुपमा प्रस्तुत हुनुभयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>