राजनीति

म चुनावपछि सभापतिमा बस्दिनँ,को प्रधानमन्त्री बन्ने अहिल्यै सहमती गरौंः रामचन्द्र पौडेल

Banner

काठमाडौं,मंसिर २०-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा अटाउने भए आफूलाई सभापति छाड्न आग्रह गरेका छन् । आफ्नै निवासमा साझा उमेदवार तय गर्न महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह शेखर कोइरालाबीच आज साँझ भएको बैठकमा उनले सो कुरा राखेको स्रोतले बतायो ।

बैठकमा उनले सभापति बनेर तीन तहको चुनावबाट पार्टीलाई बलियो बनाउने र सभापति पद तीनमध्ये एकलाई सुम्पने प्रतिबद्धता गरेका थिए । उनले चुनावपछि कसले पार्टी सञ्चालन गर्ने, को प्रधानमन्त्री बन्ने लगायतको विषयमा अहिले सहमति गरेर अघि बढ्ने प्रस्ताव पनि राखेको थिए । “म सभापति भए भने सबै समेटेर लैजान्छु । म चुनावपछि सभापतिमा बस्दिनँ पनि । को बस्ने आजै टुङ्गो लगाऔँ,” पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो,“बरु चुनावपछि को कहाँ कुन पदमा बस्ने आजै सहमति गरौँ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>