राजनीति

सरकार टिकाउन एमसीसी पास गर्न खोजे चुप लागेर बस्दैनौंः विप्लव

Banner

विराटनगर,मंसिर १८-

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसद बोलाएको बताएका छन् । अमेरिकामा मंसिर २७ गते एमसीसी कार्यान्यन समितिको बैठक बस्ने जानकारी आएको बताउँदै उनले एमसीसी पास गर्नका लागि सदन बोलाइएको आशंका व्यक्त गरे ।

विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी सम्झौता राष्ट्रियताको विरुद्ध छ, यसलाई पास गर्न हुँदैन् । तर सरकार टिकाउन पास गर्न खोजिँदैछ ।’ यस्तो अवस्थामा हामी चुप लागेर बस्दैनौं । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अमेरिकामा छलफल चलिरहेको भन्दै उनले संसद बैठक बोलाएर प्रधानमन्त्रीले पनि एमसीसीलाई जवरजस्ती पास गराउने तयारी गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>