राजनीति

यो देशमा माओको गुणगान गाउन हुने, राजा महेन्द्रको नहुने ?

Banner

काठमाडौं,मंसिर १८-

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाल देश पृथ्वीनारायण शाहको विचारले बनेको बताएका छन्। शनिबार जावलाखेलमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा उनले पृथ्वीनारायण शाहलाई माला लगाउन नचाहेर मार्क्स र माओलाई माला लगाउन जानेहरुले यो देश बनाउन नसक्ने बताए।

यो देशमा माओको नाम लिन हुने, माओको गुणगान गाउन हुने। यो देशमा महेन्द्रको गुणगान गाउन नहुने ? किन नहुने ?, मिश्रले भने। उनले आफूलाई राजसंस्थावादी भनेर आरोप लगाइएको बताए। म न राजसंस्थावादी हुँ, न त गणतन्त्रवादी हुँ। न धर्मनिरपेक्षतावादी हुँ, न धर्मसापेक्षतावादी हुँ। न संघीयतावादी हुँ, न संघीयता विरोधी हुँ। म नेपालवादी हुँ। म यो देशको हित जतिबेला जसरी हुन्छ, म त्यही वादी हुँ। जसलाई जे भन्नुपर्छ, भने हुन्छ, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>