राजनीति

एमाले केन्द्रीय सदस्य पद लालबाबु पण्डितद्धारा अस्वीकार

Banner

काठमाडौं,मंसिर १३-

निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरी बन्दसत्रको हलबाट अनुमोदन भएको केन्द्रीय सदस्यको पद एमाले नेता लालबाबु पण्डितले अस्वीकार गरेका छन्। आइतबार राति ओलीले सर्वसम्मत सूची सार्वजनिक गर्दा पण्डितलाई केन्द्रीय सदस्यमा राखिएको थियो।

तर, पण्डितले सोमबार त्यसलाई अस्वीकार गरेका हुन्। उनले एमालेको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा पण्डितले लेखेका छन्, आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै १०औँ महाधिवेसनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>