चितवन विशेष
राष्ट्रिय नागरिक पार्टीमा चितवनबाट तीन दर्जनभन्दा बढी प्रवेश

चितवन, मंसिर ११ –
राष्ट्रिय नागरिक पार्टीमा चितवनका तीन दर्जनभन्दा बढी व्यक्तिहरु प्रवेश गरेका छन् ।
आज शनिबार भरतपुरमा एक कार्यक्रमका बीच उनीहरुलाई पार्टीका अध्यक्ष शुक्रबहादुर गुरुङले प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गराउँदै अध्यक्ष गुरुङले राष्ट्रिय नागरिक पार्टी महान उद्देश्यसहित अघि बढीरहेको बताए । उनले आज पार्टीमा प्रवेश गरेकाहरुलाई आग्रह गर्दै उक्त उद्देश्य हाँसिल गर्न जनताको मन जित्ने गरी सक्रियरुपमा लाग्न आग्रह गरे । नेपाली कांग्रेस र नेकपा एमालेबाट पार्टी प्रवेश गरेको गुरुङले बताए ।
देशमा शिक्षा निःशुल्क बनाएर गरीब दुखीले पनि डक्टर र इन्जिनियर पढ्न पाउने अवसर प्रदान गर्ने आफ्नो पार्टीको प्रमुख उद्देश्य रहेको उनले बताए । यस्तै सबै नागरिकलाई निुःशुल्क स्वास्थ्य उपचार गर्नुपर्छ भनेर नागरिक पार्टी सँधै लडिरहने उनले बताए । यस्तै बेरोजगारीको समस्या समाधान गर्न एक घर एक रोजगारको अभियान ल्याउन आवश्यक रहेको र त्यो राष्ट्रिय नागरिक पार्टीको प्राथमिकतामा रहेको उद्देश्यमा रहेको उनले बताए । यस्ता अनेकन उद्देश्य बोकेर देश परिवर्तनको अठोट लिएर नागरिक पार्टी हिँडेको उनको भनाइ छ ।
उनले देशमा सकरात्मक परिवर्तन चाहनेहरुलाई राष्ट्रिय नागरिक पार्टीमा आउन आह्वान गरेका छन् ।
पार्टीका केन्द्रीय सह सचिव आनन्द कार्कीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नवराज घले, गण्डकी प्रदेश अध्यक्ष थानेश्वर रिजाललगायतको उपस्थिति रहेको थियो ।
यस्तै आज बद्रीबहादुर भण्डारी र दधिराम अर्याललाई केन्द्रीय सदस्यमा मनाेनित गरिएको छ ।

























