चितवन विशेष

एमाले महाधिवेशनका स्वयमसेवकलाई चितवनको पार्टी कार्यालयमा प्रशिक्षण

Banner

चितवन, मंसिर ८ –
एमालेको चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका स्वयमसेवकहरुलाई चितवनमा प्रशिक्षण दिइएको छ ।

आज बुधबार एमाले पार्टी कार्यालय चितवनको हलमा ३०० स्वयमसेवकलाई प्रशिक्षण दिइएको हो ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलले महाधिवेशनमा लागि ५ हजार स्वयमसेवक रहेको बताइन् । देशभरबाट आएका मुख्य स्वयमसेवकहरुलाई प्रशिक्षण दिइएको उनले जनाइन् ।

सो क्रममा महाधिवेशनलाई सव्य र भव्य बनाउन स्वयमसेवकहरुलाई निर्देशन दिइएको थियो ।
एमालेको महाधिवेशनको उद्घाटन सत्र यही मंसिर १० गते नारायणी नदी किनारमा हुने छ भने बन्द सत्र ११ र १२ गते सौराहमा हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>