गण्डकी

कास्कीमा माओवादी वडा अधिवेशन सम्पन्न

Banner

कास्की, मङसिर ५-

यहाँका स्थानीय तहका वडामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन् । पोखरा महानगरपालिका सहित अन्नपूर्ण, मादी, रुपा र माछापुच्छे गाउँपालिकाका ७२ वडा मध्ये अधिकांशमा शनिबार अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभएपनि अन्य सबैमा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।उहाँले भन्नुभयो,“पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसारनै जिल्लाका स्थानीय तहका वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन् । केहीमा बाहेक अन्यमा नेतृत्व समेत चुनिएको छ । ” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>