राजनीति

देउवा, प्रचण्ड र नेपालले अबैध टिभी उद्घाटन कार्यक्रममा गएर विदेशीको चाकडी गरेः रावल

Banner

काठमाडौं, मंसिर ४-

एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आमसञ्चारमा कानुनले रोकेको विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भारतीय योगगुरूलाई टिभी उद्घाटन गर्न दिएर विदेशीको चाकडी गरेको आरोप लगाएका हुन्।

शनिबार ट्वीटरमा लेख्दै रावलले भनेका छन्, ‘प्रम देउवा,प्रचण्ड र माधव नेपालले कानुनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिन त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानुनको निर्लज्ज उल्लंघन हो।’ उनले ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसिसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्’ भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>