राजनीति

कांग्रेसको जिल्ला अधिवेशनका लागि नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने

Banner

काठमाडौं,मंसिर १-

दशरथचन्द नगरपालिकाले नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न परिपत्र गरेको छ। सदरमुकाम आसपासका चार विद्यालयलाई पत्राचार गर्दै तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो।

नगरप्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा नगरपालिकाका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई छुट्टी दिई भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

स्थानीय बिदामा कटाउने गरी ३ दिन कांग्रेस अधिवेशनको लागि विद्यालय बन्द गर्ने भनेर पत्र पठाइएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>