राजनीति

‘जसले हिन्दुराष्ट्रको मुद्दा बोक्छ, उही कांग्रेस सभापति बन्छ’ः शंकर भण्डारी

Banner

काठमाडौं, कात्तिक २८ –

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्रका मुद्दा बोक्ने नेता नै चौंधौं महाधिवेशनबाट सभापति बन्ने दाबी गरेका छन् । आज संचारकर्मीसंग कुरा गर्दै नेता भण्डारीले भने, नेपालको पहिचान भनेकै हिन्दु धर्म संस्कृति हो । जनआन्दोलनका बेला पनि धर्मनिरपेक्षताको माग भएको होइन ।यसबारे बहस पनि भएन । नेताहरू नै भन्छन्, कसले गर्यो, हामीलाई थाहा छैन ।

उनले थपे, अब जसले हाम्रो विचार स्वीकार्छ, त्यही सभापति हुन्छ । शेरबहादुर देउवाले धर्मनिरपेक्षता अनिवार्य भन्नुभएको छैन । उहाँले नै त्यो विचार बोक्नुहुन्छ भन्ने विश्वास छ । महाधिवेशनमा हिन्दुराष्ट्रको अभियान चर्काउने उनले दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>