राजनीति

सिंहदरबारभित्र राष्ट्रियसभा उपाध्यक्षको कार्यकक्षमै गोली चल्यो

Banner

काठमाडौं,कार्तिक १०-

सिंहदरबारमा बन्दुक पड्किएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली पड्केको बताइएको छ । के कसरी गोली पड्क्यो भन्ने बिषयमा खुलिसकेको छैन । तर, भारतीले पेस्तोल चलाइरहेका बेला एक्कासी गोली चलेको उपाध्यक्ष दाहाललको सचिवालयले जनाएको छ ।

‘दिउँसो उपाध्यक्षको कार्यकक्षमा बसेको बेला गोली चलेको हो’, सचिवालयले भन्यो, ‘चलाउदै गर्दा पड्किएको हो । गोली कोही कसैलाई पनि लागेको छैन ।’ नेपाल प्रहरीको सिंहदरबार सुरक्षा इकाइले के कसरी गोली चलेको भन्ने विषयमा सोधपुछ तथा अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>