राजनीति

केपी ओली गफाडी प्रधानमन्त्री भनेर गिनिज बुकमा लेखिन्छः माधवकुमार नेपाल

Banner

मलंगवा,कार्तिक ९-

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ओलीले गफबाहेक विकासका अरु कुनै पनि काम नगरेको आरोप लगाए। मंगलबार सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गिनिज बुकमा ओलीको नाम गफाडी प्रधानमन्त्री नम्बर एक भनेर लेखिने कुरा बताएका हुन्। ओलिले काम केही नगरेको र झुठा र हसाउने काम मात्र गरेको उनको भनाइ छ।

देशमा आफूहरूले विद्रोहको राँको बालेको दावी गर्दै नेपालले राँको लिएर हामी देश दौडाहामा लागेको बताए। नेपालको राजनीतिक इतिहासमा अहिले विद्रोहको झिल्को बलेको छ। कम्युनिष्ट आन्दोलनको शिर ठाडो पारेर समाजवादी अगाडि बढेको छ। नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्नका लागि समाजवादी अगाडि बढेको छ,उनले भने। उनले समाजवादी पार्टीले क्रान्तिकारी विरासतलाई बोकेको दावी गरेका छन्। उनले पुराना पिंढीका मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित र सिद्धिलाल सिंह लगायतका नेताहरुको विचार र आर्दश बोकेका नेता आफूसँग भएको दावी गरेका छन्।

दुई तिहाई बहुमत भएको पार्टीलाई केपी ओलीले विभाजनको दिशामा लगेको नेपालले आरोप लगाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>