राजनीति

एमाले प्रवेश गर्ने तयारीमा सर्वेन्द्र खनाल

Banner

काठमाडौं,कार्तिक ७-

पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने तयारी गरेका छन्। खनाललाई एमाले प्रवेश गराउन विभिन्न चरणमा छलफल समेत भइसकेको छ। एमालेको १० औं महाधिवेशन नजिकिदै गर्दा खनाल एमाले प्रवेश गर्न लागेका हुन्। खनाललाई एमाले प्रवेश गराउनेबारे छलफल भइरहेको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले बताए।

ुविभिन्न चरणमा छलफल भइरहेको छ। अहिलेनै टुंगीएको छैन,उनले भने, छलफल सकारात्मक ढंगले अघि बढेको छ। तनहूँका खनालले आफू अबको निर्वाचनमा एमालेबाट सांसदको उमेदवार बन्ने तयरीमा रहेको आफू निकटहरूसँग बताउने गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>