राजनीति
एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित
०

दार्चुला,कार्तिक ७-
दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा पनि चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भए ।
‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने । शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























