नवलपुर

२७ हजार नगद सहित कावासोतीबाट ५ जना जुवाडे पक्राउ

Banner

कावासोती,कार्तिक ६-

पूर्वी नवलपरासीको कावासोतीबाट नवलपुर प्रहरीले तास खेलिरहेका ५ जनालाई नगद २७ हजार भन्दा बढी रकम सहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार शनिबार दिउँसो कावासोती २ शान्ति टोलमा प्रहरीले गस्तीको क्रममा चेतनारायण काफ्लेको गर तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २५ हजार ८ सय ६५ रुपैयाँ, भा।रु। ९ सय ५० रुपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ ।प्रहरीले कावासोती नगरपालिका वडा नं २ शान्तीटोल ५४ बर्षीय डिल्लीराम पौडेल, ५० बर्षीय अर्जुन कंडेल, कावासोती ५ निवासी ५६ बर्षीय भुपराज चापागाई, कावासोती २ निवासी ३० बर्षीय दुर्गादत्त कंडेल र ५६ बर्षीय ठाकुराम थापालाई पक्राउ गरेको हो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>