वागमती

जिपलाइनको मज्जा लिन प्रचण्ड धुलिखेलमा

Banner

काठमाडौ,कार्तिक ५-

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइनको अनुभव लिएका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।

साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ । काठमाडौबाट करिब ३५ किलोमीटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>