देश/प्रदेश
मोहन वैद्यलाई भेट्न प्रचण्ड पुगे नर्भिक अस्पताल
०

काठमाडौँ, कार्तिक १-
दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनर्भिक अस्पताल पुगेका छन् ।
त्यस्तै प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।
उनले आफ्ना राजनीतिक गुरु तथा माओवादीका महासचिव वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् ।
साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको समेत प्रचण्डलाई जानकारी गराएका छन् । त्यस्तै प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























