नवलपुर
कावासोतीमा हानामी क्यारियर काउन्सेलिङ्ग सेन्टरको शाखा शुभारम्भ

ज्ञानु पंगेनी
कावासोती, असोज १०–
हानामी क्यारियर काउन्सेलिङ्ग सेन्टरले नवलपुरको कावासोतीमा आफ्नो सेवा शुभारम्भ गरेको छ ।
कावासोती थानाचोकमा शाखा कार्यालयको आईतबार उद्घाटन गरिएको छ । चितवनमा मुख्य कार्यालय रहेको हानामीको कावासोतीस्थित शाखा कार्यालयको केन्द्रीय कार्यालय प्रमुख किशोर सुवेदीले रिबन काटेर उद्घाटन गनुभयो । उहाँले जापान गएर अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई हानामीले परामर्श गर्दै आएको बताउनुभयो ।
‘हानामीबाट परामर्श लिएका धेरै विद्यार्थीहरु कोभिड–१९ संक्रमणका कारण जापान जान पाउनु भएको छैन, धेरै विद्यार्थीहरु जाने तयारीमा हुनुहुन्छ’–सुवेदीले भन्नुभयो । उहाँले कोभिडका कारण भएका व्यवसाय समेत बन्द भएको अवस्थामा हानामीले नयाँ शाखा नयाँ ठाउँमा विस्तार गर्नु भनेको यहाँका विद्यार्थीहरुलाई सहज होस् भन्ने उदेश्य मात्रै रहेको बताउनुभयो ।
‘कावासोती र यहाँका अन्य स्थानीय तहबाट कोहि दिनहुँ चितवन धाउने त कोही चितवनमा कोठा लिएर पढ्न बस्नुपर्ने बाध्यता छ’ सुवेदीले भन्नुभयो ‘यस्ता बाध्यतालाई अन्त्य गर्नका लागि कावासोतीमा हानामीले सेवा विस्तार गरेको हो ।’
यस्तै हानामी कावासोती शाखाका प्रमुख प्रकाश भट्टराईले जापान गएर अध्ययन गर्न चाहेका कावासोती र आसपास क्षेत्रका विद्यार्थीहरुलाई अन्यत्र गएर अध्ययन गनुपर्ने बाध्यता हानामीले अन्त्य गर्ने कोशिमा लागेको बताउनुभयो । अनुभवी र दक्ष प्रशिक्षकबाट राम्रो नतिजा ल्याउने गरि सेवा प्रदान गर्नतर्फ आफुहरु सधैँ दत्तचित्त भएर लाग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
हानामीले आठवर्षदेखि भरतपुरबाट निरन्तर रुपमा सेवा दिदैँ आएको छ । यसको काठमाण्डौँ, टाँडी, पर्सा, पोखरालगायतका सहरमा पनि शाखा विस्तार भईसकेको छ ।
























