नवलपुर

रजहर र पिठौलीको दुई स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

Banner

चितवन, असोज ७-

नवलपुरको देवचुली नगरपालिका–१६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय र कावासोती नगरपालिका–१२ पिठौलीमा रहेको पिठौली स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग भएको छ ।

लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा आज दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन बितरण गरिएको हो ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ दिनानाथ न्यौपाने र सिद्धार्थ लाल चुके, डिष्ट्रिक्ट एड्भाइजर कोचिफ राजेन्द्र गौतम, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर बालगोपाल चुके उपस्थित रहेका थिए ।

अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष शन्तबहादुर क्षेत्री, बरिष्ठ उपाध्यक्ष प्रेम न्यौपाने, अस्पतालका निर्देशक डा. विनोद पौडेल तथा व्यवस्थापक हरि सापकोटा रहेका थिए । लायन्स क्लब अफ दलदलेका अध्यक्ष जिबलाल पराजुलीको अध्यक्षतामा भएको दुई छुट्टाछुट्टै कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन दिनानाथ न्यौपानेले सो सामग्री बितरणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै दुवै स्वास्थ्य संस्थाले सो अक्सिजन कन्सन्ट्रेटरको अधिकतम प्रयोग गरेर बिरामीहरुको सेवा दिनेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै रजहर अस्पातलका निर्देशक डा. विनोद पौडेलले अस्पताललाई सम्झिएर अक्सिजन कन्सन्ट्रेटर बितरण गरेकोमा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बी २ नेपाललगायत सम्पूर्ण सम्बद्ध निकायहरुलाई धन्यवाद दिँदै आगामी दिनमा सामाजिक सस्थाहरुबाट पनि यस्तै सहयोग र साथको अपेक्षा रहेको बताए । त्यसैगरी लायन्स क्लबका पदाधिकारीहरु पिठौली स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक ईन्द्रबहादुर महतोलाई सो अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>