Breaking News
संविधान दिवसमा चितवन कारागारका २३ कैदीबन्दीले पाए सजाय मिनाहा
०

चितवन, असोज ३-
संविधानको दिवसको अवसरमा चितवन कारागारमा रहेका २३ कैदीबन्दीले आधा सजाय मिनाहा पाएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन कारागारका रहेका २३ कैदीबन्दीको आधा सजाय मिनाहा गरेकी हुन् ।
कारागारका जेलर कमल काफ्लेले सजाय मिनाहामा परेका २३ कैदीबन्दीलाई आफन्तको जिम्मा लगाएका छन् । सवारी ज्यानसम्बन्धी मुद्दाका नौ जना, कर्तव्यका तीन, ज्यान मुद्दाका दुई, बहुविवाहका चार, हातहतियारका एक र चोरीका चार जनाको आधा कैद मिनाहा भएको काफ्लेले जानकारी दिए । उनले जेलभित्र असल आचरण भएकाहरुको नै कैद मिनाहा भएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























