चितवन विशेष

भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाको सहयोग

Banner

चितवन, असोज २–

भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई ५० लाख रुपैयाँ बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी, प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिन् ।

सो क्रममा बोल्दै महानगर प्रमुख दाहालले कोभिड–१९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाको उच्च मूल्यांकन गरिएको भन्दै सदैव जनताको उपचारमा खटिन सबैमा अनुरोध गरिन् । उनले महानगरले दिएको स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई अझ बढी प्रभावकारी बनाउन अस्पताल टिमलाई निर्देशन दिइन् । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सांसद गीता वाग्लेले भरतपुर अस्पतालको सेवा प्रभावकारी भइरहेको र अझ यसलाई झन् प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर महानगरबाट अस्पतालको विकास निरन्तर सहयोग भइरहेको बताए ।

कार्यक्रममा मेसु डा कृष्णप्रसाद पौडेलले सबैको सल्लाह र सुझावअनुसार नै अस्पताललाई अगाडि बढाउने बताए । अस्पताल विकास समितिका सदस्य मुकुन्द दाहालले अस्पतालको विकासमा भरतपुर महानगरपालिकाको सहयोगले नै अस्पताल यहाँसम्म आइपुगेको बताए ।
कार्यक्रममा २०७८ सालको भरतपुर अस्पतालको पहिलो अंक बुलेटिनको विमोचनसमेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>