Breaking News
नेकपा (एकीकृत समाजवादी) चितवनको जिम्मेवारी बाँडफाँड, प्रचार विभाग प्रमुखमा महतो

चितवन, भदौ २९–
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) चितवनको जिम्मेवारी बाँडफाँड गरिएको छ । आज (मंगलबार) जिल्ला अध्यक्ष डा.कृष्ण पन्तको अध्यक्षतामा बसेको सचिवालय बैठकले जिल्लामा जिम्मेवारी बाँडफाँड गरेको हो ।
बैठकले पार्टीको प्रचार विभाग प्रमुखमा विष्णुराज महतोलाई चयन गरेको छ । यस्तै आर्थिक विभाग प्रमुखमा अरूणपीडित भण्डारी, संगठन विभाग प्रमुखमा कुलप्रसाद लामिछाने, स्कुल विभाग प्रमुखमा डा. कृष्ण पन्त, महिला विभाग प्रमुखमा शुशिला लामिछाने, शिक्षा विभाग प्रमुखमा अविरल भण्डारी चयन भएको प्रचार विभाग प्रमुख महतोले जानकारी दिए ।
त्यस्तै क्षेत्रीय ईन्चार्जतर्फ क्षेत्र नं १ मा डा. कृष्ण पन्त, क्षेत्र नं २ मा कृष्णराज न्यौपाने लब्लि, र क्षेत्र नं ३ मा अरूणपिडित भण्डारी चयन भएका छन् ।
त्यसैगरि भरतपुर महानगर ईन्चार्जमा नरेन्द्र कन्दन्वा, माडी नगर कमिटी ईञ्चार्जमा प्रेम तिमिल्सिना, रत्ननगर नगर ईन्चार्जमा दुर्गाप्रसाद घिमिरे, खैरहनी नगर ईन्चार्जमा शम्भु लामिछाने र राप्ती नगर ईन्चार्जमा हेमन्त कंडेल चयन भएको प्रचार विभाग प्रमुख महतोले जानकारी दिए । उनले असोज मसान्तसम्ममा स्थानीय कमिटी समेत गठन गरिने सक्ने निर्णय भएको जानकारी दिए ।
बैठकमा पार्टीका बागमती प्रदेश कमिटी ईञ्चार्ज केदार न्यौपाने प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिमा चितवन जिल्ला ईन्चार्ज एवंम बागमती प्रदेश सभा सदस्य कृष्ण खनाल, सुर्य लामिछानेलगायतको उपस्थिति रहेको थियो ।























