चितवन विशेष

भरतपुरको हाकिमचोक, पर्सा र गैँडाकोटमा मञ्जुश्री फाइनान्सको तीन शाखा

Banner

चितवन, भदौं २९-

मञ्जुश्री फाइनान्स लिमिटेडले गैँडाकोट, पर्सा र भरतपुरको हाकिमचोकमा एक साथ तीन शाखा सञ्चालनमा ल्याएको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए भने अब थप तीनसहित शाखा संख्या १८ रहनेछ ।

२०७८ साल असार मसान्तसम्म ९६ करोड ५३ लाख चुक्ता पूँजी एवम् ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाइनान्सले ८.९१ अर्ब निक्षेप संकलन गरी ७.९५ अर्ब कर्जा परिचालन गरेको छ । यसका साथै यस फाइनान्सले विप्रेशण, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ र एटीएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा पनि दिँदै आएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>