Breaking News

चितवनका सबै अस्पतालमा कोरोनाको बेड धमाधम खाली हुँदै, गम्भीर बिरामी १८ जना मात्र

Banner

चितवन, भदौं २९-

चितवनका सबै अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका अस्पतालहरुमा कोरोनाका बिरामीको संख्या घटेर ५० जना पुगेको हो ।

जसमध्ये भेन्टिलेटरमा चितवन मेडिकल कलेजमा मात्र एक जना बिरामी मात्र रहेका छन् । भरतपुर अस्पतालको भेन्टिलेटर खाली भएको छ । कोरोनाका बिरामीका लागि छुट्याइएको बेड पनि खाली हुँदै गएको छ । भरतपुर अस्पतालमा १३ र चितवन मेडिकल कलेजमा चार जना गरी जम्मा १७ जना कोरोनाका बिरामी मात्र आईसीयूमा उपचाररत छन् । भेन्टिलेटरमा चितवन मेडिकल कलेजमा एक जना बिरामीले उपचार गराइरहेका छन् ।

त्यस्तै जेनरल बेडमा भरतपुर अस्पतालमा १२, माडी नगरपालिकामा एक, क्यान्सर अस्पतालमा एक र कालिकामा दुई जना गरी १६ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । चितवन मेडिकल कलेजमा मात्र आईसीयू र भेन्टिलेटर गरी १६९ बेड कोरोनाका बिरामीलाई छुट्याइएको थियो । अहिले अस्पतालमा ७ जना बिरामी मात्र रहेका छन् । त्यस्तै स्वास्थ्य कार्यालय चितवनको अनुसार पुरानो मेडिकल कलेजमा ९० वटा बेड कोरोनाका लागि छुट्याइएकोमा अहिले सबै बिरामी डिस्चार्ज भएका छन् ।

चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ११ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । त्यस्तै बिगत २४ घण्टामा चितवनमा ४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा २९ जना, खैरहनीमा एक जना, माडीमा तीन जना, रत्ननगरमा तीन जना, राप्तीमा एक जना र कालिकामा चार जना थपिएका हुन् । योसँगै चितवनका सक्रिय संक्रमितको संख्या ६९० पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा ६५९ जना र अस्पतालको आइसोलेसनमा ३१ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>