चितवन विशेष

एकीकृत समाजवादीका माडी नगर कमिटी सचिव काफ्लेद्वारा एमालेमै रहेको घोषणा

Banner

चितवन,भदौं २७-

नेकपा एकीकृत समाजवादी माडी नगर कमिटिका सचिव मोहदत्त काफ्लेले पार्टी विभाजनको पक्षमा नरहेको घोषणा गर्दै नेकपा एमालेमै रहेको घोषणा गर्नुभएको छ । उहाँले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी समस्याका विषयमा पार्टीभित्र रहेर नै छलफल गर्न सकिने भएकोले पार्टी विभाजनको बाटोमा नलाग्ने जनाउँदै नेकपा एकीकृत (समाजवादी) सँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ । विज्ञप्तिमा विभाजनले कसैको पनि राजनीतिक उद्देश्य पूरा नहुने र लोकतान्त्रिक मूल्य मान्यता विपरित हुने भएकोले विमतिका विषयमा नेकपा एमालेमै रहेर छलफल गर्न सबैमा हार्दिक अनुरोध गर्नुभएको छ ।

पार्टी विभाजनको विपक्षमा रहेका मोहदत्त काफ्लेलाई नेकपा एकीकृत समाजवादी माडी नगर कमिटीको जिम्मेवारी दिएपनि त्यसलाई अस्वीकार गर्दै नेकपा एमालेमा रहेको र नेकपा एकीकृत समाजवादीसँग कुनै सम्बन्ध नरहेको जानकारी दिनुभएको हो । पार्टी विभाजनको पक्षमा लाग्नेहरुलाई पनि विमतिका विषयमा पार्टीभित्र रहेर छलफल गर्न अनुरोध गर्दै काफ्लेले नेकपा एमालेमा नै गोलबद्ध हुन आग्रह गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>