इच्छकामना

चितवनको इच्छाकामनामा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेद्वारसहित ६१ जना एमाले प्रवेश

Banner

चितवन,भदौं २६-

नेकपा माओवादी केन्द्र इच्छाकामना गाँउ कमिटी सचिवालय सदस्यसहित ६१ जना नेकपा एमाले प्रवेश गरेका छन । गाँउ कमिटी सचिवालय सदस्य बोध बहादुर गोले सहित ६१ जना आज एमाले प्रवेश गरेका हुन । इच्छाकामना गाँउपालिका ७ सिमलढापमा आज भएको कार्यकर्ता भेलामा माओवादी केन्द्रका सचिवालय सदस्य गोले सहितको टोलीलाई एमाले जिल्ला नेताहरुले पार्टी प्रवेश गराएका हुन । यसअघिको स्थानिय तहको निर्वाचनमा इच्छाकामना गाँउपालिका ७ को वडाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट गोले उम्मेदवार बनेका थिए ।

उनिहरुलाई एमाले केन्द्रिय सदस्य देवी ज्ञवाली,सांसद कृष्णभक्त पोखरेल लगायले पार्टी प्रवेश गराएको एमाले इच्छाकामना इन्चार्ज दान बहादुर गुरुङले जानकारी दिए । सो कार्यक्रममा ६१ जना माआवादी केन्द्रका कार्यकर्ता र १० जना काँग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

कार्यक्रममा एमाले जिल्ला सचिव प्रकाश खनाल शैलेस,जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,कालिका नगरपालिकाका प्र्रमुख गोपी श्रेष्ठ,एमाले जिल्ला नेता नारायण अधिकारी लगायतका उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>